 
																			२ असार, काठमाडौं । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति सुनचाँदी व्यवसायीले सोमबार काठमाडौंको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज माग गर्दै आएका छन् ।
उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित लगाउँदै प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4