News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँ जिल्लामा पहिलोपटक टी-२० क्रिकेट प्रतियोगिता २०८२ असार ३ देखि सुरु हुँदैछ।
 - प्रतियोगिता असार ९ गतेसम्म व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा सञ्चालन हुनेछ।
 - प्रतियोगितामा ९ टिम सहभागी छन् र विजेताले नगद ७५,००० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
 
२ असार, काठमाडौं । तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलोपटक तनहुँ टी-२० क्रिकेट प्रतियोगिता २०८२ असार ३ गते मंगलबार (भोलि)देखि सुरु हुँदैछ ।
प्रतियोगिता असार ९ गतेसम्म व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा सञ्चालन हुने जनाइएको छ। प्रतियोगिता यस वर्षको महत्वपूर्ण खेल गतिविधिका रूपमा लिइएको छ जसले जिल्लामा क्रिकेटको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक कास्पियन भ्याली सेकेन्डरी स्कूल, कुमारिपाटी, ललितपुर रहेको छ। आयोजकले विद्यालयले युवा प्रतिभा र क्रिकेटको समग्र विकासमा दिएको योगदानप्रति विशेष आभार प्रकट गरेको छ।
प्रतियोगितामा जम्मा ९ टिमको सहभागिता रहनेछ, जसलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष स्थानमा रहने एक टिम र बाँकी टिमहरू मध्ये रन रेटका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने एक टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगितामा सहभागी टिमहरूमा ईस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब केशबटार, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसीबी क्रिकेट एकेडेमी चितवन, पेलिकान्स क्रिकेट क्लब र दमौली राइभल्स क्लब रहेका छन्।
विजेता टिमले नगद ७५,००० रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेता टिमले ३०,००० रुपैयाँसहित ट्रफी र पदक पाउनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्लेयर अफ द सिरिज, सर्वोत्कृष्ट ब्याटर, सर्वोत्कृष्ट बलर, उदीयमान खेलाडी लगायतका उपाधि प्रदान गरिनेछ। हरेक खेलमा प्लेयर अफ द म्याच पुरस्कार पनि प्रदान गरिनेछ।
जिल्लामा खेलकुदको माध्यमबाट युवा प्रतिभालाई उजागर गर्दै क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4