
२ असार, काठमाडौं । सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको यो विधेयक फिर्ता लिने नर्णय भएको हो ।
विधेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ २०८१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए ।
तर, उक्त विधेयक विदेशीको समेत स्वार्थमा रहेको शंकापछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए ।
आजको बैठकमा पनि यही विधेयकबारे अधिकांश समय चर्चा भएको थियो ।
मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिने निर्णय गरेसँगै यससम्बन्धी सूचना सम्ब्न्धित मन्त्रालयले संसद् सचिवालयमा पठाउँछ । उक्त सूचना उपर सभाले निर्णय लिन्छ । विधेयक फिर्तासम्बन्धी सरकारको प्रस्ताव संसद्बाट स्वीकृत भएको खण्डमा फिर्ता हुन्छ ।
प्रतिक्रिया 4