+
+
Shares

रोकियो निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची

मिनी संसद भनिने संसदीय समितिबाट पास भइसकेको विधेयकमा सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राख्ने लगायतका प्रावधान रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १७:२४

३ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गरेन । यसकारण निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।

यही १ असारमा प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए ।

२१ फागुन २०८० मा आएको यो विधेयकमा सुशासन समितिले उपसमितिमार्फत सहमति जुटाएको थियो । त्यसपछि विधेयक पास गरेर संसदमा लगिएको थियो ।

मिनी संसद भनिने संसदीय समितिबाट पास भइसकेको विधेयकमा सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राख्ने लगायतका प्रावधान रहेको छ ।

कुलिङ पिरियड भनेको अवकाश पाएपछि कति समयसम्म अर्को नियुक्ति नलिने भन्ने व्यवस्था हो ।

यो प्रावधानको विषयमा मन्त्रिपरिषदको बैठकमा समेत छलफल भएको थियो । यो बेला प्रतिनिधिसभाको बैठक नबस्दा निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?