News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले स्कटल्याण्डसँगको टी-२०आई खेलमा पहिले बलिङ गरिरहेको छ।
- नन्दन यादवको चोटका कारण बसिर अहमद टोलीमा स्थान पाएका छन्।
- उनले इनिङको अन्तिम बलअघि बल कलेक्ट गर्दा चोट पाएपछि सुपर ओभरमा बलिङ गरेनन्।
३ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै छ ।
आजको टोलीमा एक परिवर्तन गरिएको छ । पेस बलर नन्दन यादवको ठाउँमा स्पिन बलिङ अलराउण्डर बसिर अहमद आएका छन् ।
सोमबारको खेलमा नन्दनले इनिङको अन्तिम बलअघि बल कलेक्ट गर्ने क्रममा औंलामा चोट लागेको थियो ।
उनले त्यसपछि ब्याटिङ गरेर खेल सुपर ओभरमा पुर्याए पनि सुपर ओभरमा बलिङ भने गरेनन् ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल के साह (विकेटकिपर), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, ललित राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम, रुपेश के सिंह ।
प्रतिक्रिया 4