
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अंगुरको मूल्य घटाएको जानकारी दिएको हो।
- कालो अंगुरको मूल्य बुधबार प्रतिकिलो १५ रुपैयाँ घटेर ३२० रुपैयाँमा पुगेको छ।
- हरियो अंगुरको मूल्य भने २२५ रुपैयाँ कायम रहेको छ।
४ असार, काठमाडौं । स्थानीय बजारमा अंगुरको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार अंगुरको भाउ घटेको देखाएको हो ।
बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छन् । आज कालो अंगुरको मूल्य घटेको हो । कालो अंगुरको मूल्य आज बुधबार थोकमा प्रतिकिलो १५ रुपैयाँ घटेको छ ।
मंगलबार कालो अंगुर प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । आज भने कालो अंगुर प्रतिकिलो ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हरियो अंगुर प्रतिकिलो २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4