+
+
Shares

डोनाल्ड ट्रम्पले ल्याउँदैछन् आफ्नै स्मार्टफोन, टेलिकम उद्योगमा समेत प्रवेश गर्दै

एजेन्सी एजेन्सी
२०८२ असार ५ गते १३:२७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व राजनीतिमा प्रभुत्व त जमाएकै छन्, आफ्नो व्यवसाय पनि विस्तार गर्दैछन् । यसअन्तर्गत ट्रम्प स्मार्टफोन उत्पादन र टेलिकम उद्योगमा पनि प्रवेश गर्ने भएका छन् ।

यदि सबै कुरा योजना अनुसार सम्पन्न भएमा ट्रम्पले निकट भविष्यमै आफ्नै मोबाइल फोन र टेलिकम सेवा लञ्च गर्नेछन् ।

वास्तवमा ट्रम्पको कम्पनीले आफ्नो मेड इन अमेरिका स्मार्टफोन लन्च गर्ने योजना बनाएको छ । उक्त फोन अमेरिकामै निर्माण हुनेछ ।

स्मरण रहोस् अमेरिकी कम्पनी एप्पलले पनि आइफोन लगायतका विभिन्न प्रडक्ट तयार पार्दछ । तर एप्पलले आफ्ना प्रडक्टको उत्पादन चीन, भियतनाम, ताइबान तथा भारत लगायतका देशमा गर्दै आएको छ ।

ट्रम्पको मोबाइल फोन

ट्रम्पको व्यवसायिक कम्पनी ट्रम्प अर्गनाइजेशनले निकट भविष्यमा Trump Phone T1 नामक स्मार्टफोन र Trump Mobile नामक मोबाइल सेवा सुरु गर्ने तयारी गरेको छ ।

डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलोपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेको १० औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पका छोरा ट्रम्प जुनियरले यसबारे विस्तृत जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ ।

ट्रम्प समर्थकहरूको लागि विशेष ब्रान्डिङका साथ सार्वजनिक गरिने ट्रम्पको उक्त फोन गोल्ड कलरमा आउनेछ। जसको अनुमानित मूल्य ४९९ अमेरिकी डलर हुने बताइएको छ ।

त्यस्तै ट्रम्पको कम्पनीले सुरुवात गर्ने ट्रम्प मोबाइल नामक मोबाइल सेवामा प्रयोगकर्तालाई अनलिमिटेड कल, म्यासेज र इन्टरनेट सेवा सहित टेलिहेल्थ तथा रोडसाइड असिस्टेन्स जस्ता सेवा पनि उपलब्ध गराइनेछ ।

ट्रम्प मोबाइलका विशेषता

यो Mobile Virtual Network Operator (MVNO) प्रणालीमा आधारित सेवा हुनेछ । यसमा AT&T, T–Mobile, Verizon जस्ता मोबाइल सेवा प्रदायक नेटवर्कको प्रयोग गरिनेछ । उक्त मोबाइल सेवामा टेलिहेल्थ सुविधा, सडक सहयोगी लगायतका सेवा उपलब्ध हुनेछन् । यो सेवामा अमेरिकाको राष्ट्रियता र America First नारासँग मेल खाने ब्रान्डिङ हुनेछ ।

डोनाल्ड ट्रम्पका पुत्रले चलाईरहेको ट्रम्प अर्गनाइजेसन कम्पनीले आफ्नो आगामी फोनको प्रतिलिपी अधिकारका लागि अमेरिकी पेटेन्ट कार्यालय (USPTO) मा ट्रेडमार्क दर्ता गरिसकेको छ। यद्यपि स्मार्टफोनको विशिष्ट प्राविधिक विवरण तथा आधिकारिक लन्च मिति अझै सार्वजनिक गरिएको छैन ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यो व्यापारिक योजना प्राविधिक बजारमा नयाँ तर साहसी कदम हो। तर बजारमा एप्पल तथा सामसुंग लगायतका बलिया प्रतिस्पर्धीहरूसँग जुधेर सफलता हात पार्नु सहज हुनेछैन ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?