+
+
Shares

मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका भण्डारीविरुद्ध ७ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १७:४२

५ असार, काठमाडौं । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार अदालत उपस्थित गराएको थियो ।

सो क्रममा नागरिकता, राहदानी र सहकारी ठगीको अनुसन्धान गर्न पहिलो पटक अदालतले सात दिनको म्याद दिएको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।

दुई फरक नम्बरका नागरिकता र राहदानी रहेको खुलेपछि यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनको नाममा कास्की र बर्दियाबाट दुई फरक-फरक नागरिकता र राहदानी लिएको पाइएको छ ।

ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीको रकम अपचलन गरेर उनी लामो समयदेखि फरार हुँदै आएका थिए । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो ।

यो सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।

बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङमार्फत सहकारीको रकम लिएर घोटाला गरेको आरोप छ । उक्त रकम उनले क्रिप्टोमार्फत विदेश पुर्‍याएको प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?