+

नेदरल्याण्ड्सविरुद्ध नेपालको टोलीमा ३ परिवर्तन, भीमले डेब्यू गर्दै

२०८२ असार  ५ गते १९:३४ २०८२ असार ५ गते १९:३४
नेदरल्याण्ड्सविरुद्ध नेपालको टोलीमा ३ परिवर्तन, भीमले डेब्यू गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले नेदरल्याण्ड्स विरुद्ध खेल्न टोलीमा तीन परिवर्तन गरेको छ।
  • भीम सार्कीले टी-२०आईमा पहिलो पटक खेल्दै छन्।
  • नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

५ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध खेल्ने नेपालको टोलीमा तीन परिवर्तन गरिएको छ ।

अघिल्लो खेलमा खेलेका अनिल साह, बसिर अहमद र किरण ठगुन्ना बाहिरिँदा आसिफ शेख, आरिफ शेख र भीम सार्की सुरुवाती रोजाइमा आएका छन् ।

भीमको यो टी-२०आईमा डेब्यू हुनेछ । उनले नेपालका लागि ओडिआईमा ३२ खेल खेलेपनि टी-२०आईमा भने खेलेका छैनन् ।

यसअघि नेपालका लागि किरण ठगुन्ना र रुपेश सिंहले पनि यसै शृंखलामा डेब्यू गरेका थिए । भीम नेपालको ५२औं टी-२०आई खेलाडी भएका छन् ।

खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै छ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय