+
खेलकुदमा बजेट :

भलिबल कभर्डहल निर्माणका लागि ३ करोड बजेट, काभा महिला भलिबललाई १ करोड

२०८२ असार  ६ गते १४:२७ २०८२ असार ६ गते १४:२७
भलिबल कभर्डहल निर्माणका लागि ३ करोड बजेट, काभा महिला भलिबललाई १ करोड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहलको निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ।
  • भलिबल नेपालको आफ्नै कभर्डहल नभएको र प्रतियोगिताहरु पोखरामा आयोजना हुँदै आएको छ।
  • विभिन्न भलिबल प्रतियोगिताका लागि बजेट र आयोजना सम्बन्धी विवरणहरू सार्वजनिक गरिएको छ।

६ असार, काठमाडौं । राष्ट्रिय खेल भलिबलको कभर्डहल निर्माणका लागि सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहलको डिपिआर र निर्माणका लागि ३ करोड बजेट छुट्याइएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा भलिबल कभर्डहलका लागि उक्त रकम विनियोजन भएको छ । भलिबल नेपालको राष्ट्रिय खेल भएपनि अहिलेसम्म आफ्नै कभर्डहल छैन ।

भलिबल खेलाडीले प्रशिक्षक गर्नका लागि समेत पालो पर्खेर बस्नुपर्ने अवस्था छ । यस्तै भलिबल संघले पनि पालो कुरेर भलिबल प्रतियोगिता गर्दै आएको छ ।

हाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परियरमा रहेको कभर्डहलमा मर्मत सम्भार भइहरँदा भलिबल प्रतियोगिताहरु पोखराको कभर्डहलमा आयोजना हुँदै आएको छ । यस्तै सरकारले काभा वुमन्स नेसन्स लिग भलिबलका लागि पनि १ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै दक्षिण एसियाली भलिबल प्रतियोगिता आयोजना भन्ने शीर्षकमा पनि ४० लाख बजेट विनियोजन गरिएको छ । तर यो कसले आयोजना गर्ने कस्तो प्रकारको प्रतियोगिता भन्ने खुलाइएको छैन ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट भाषण गर्दा भलिबलको नाम उच्चारण नभएपछि मन्त्रालयले सार्वजनिक गरेको बजेटको कितावमा भने भलिबलका लागि विभिन्न शीर्षकमा बजेट समावेश गरिएको छ ।

यसैगरी प्रधानमन्त्री कप महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको लागि २७ लाख विनियोजन गरिएको छ । यस्तै मंगलादेवी सिंह प्रतिष्ठानबाट हुने राष्ट्रिय भलिबल प्रतियोगिताका लागि १० लाख बजेट विनियोजन भएको छ ।

भलिबलमा बजेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय