+
+
Shares

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा

नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका दुई अधिकारीलाई अनियमितता र भ्रष्टाचारको उजुरीपछि नियन्त्रणमा लिएको छ।
  • उनीहरूबाट मोबाइलसहित थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र उनीहरू हाल बहदुरमाई नगरपालिका कार्यरत रहेको बताइएको छ।
  • आयोगले थप अधिकारीहरूलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ।

६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।

नगरपालिकाका विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ती लगायतका कार्यमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

श्रीवास्तव र साह हाल पर्साकै बहदुरमाई नगरपालिका कार्यरत थिए । श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोक र साहलाई वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरबाट नियन्त्रणमा लिइएको अख्यियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

उनीहरुका साथबाट अख्तियारको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले ४ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

यस्तै पोखरिया नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र सोही नगरपालिकाकै वडा नम्बर २ का सचिव ओम प्रकाश चौरसियालाई दुई थान मोबाइल सहित अनुसन्धानका लागि नियन्त्रणमा लिएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?