+

बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश

२०८२ असार  ७ गते १०:५४ २०८२ असार ७ गते १०:५४
बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बायर्न म्युनिखले फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गर्यो।
  • उनीहरूले अर्जेन्टिनाको बोका जुनियर्सलाई २-१ गोलअन्तरले पराजित गरे।
  • बायर्नले २ खेलमा ६ अंक प्राप्त गरी प्रतियोगिताबाट अगाडि बढ्यो।

७ असार, काठमाडौं । जर्मन जायन्ट बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिबार विहान भएको समूह सी को खेलमा बायर्नले अर्जेन्टिनाको बोका जुनियर्समाथि जित दर्ता गरेसँगै एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो।

प्रतिस्पर्धात्मक खेलमा बायर्नले जुनियर्सलाई २-१ गोलअन्तरले हराएको हो । खेलको १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाए।

बोका जुनियर्सले पनि खेलमा फर्किने प्रयास जारी राख्यो र ६६औं मिनेटमा मिगुएल मेरेन्टिनियोले गोल गर्दै खेल बराबरीमा ल्याए।

७४औं मिनेटमा माइकल ओलिसले निर्णायक गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए जुन अन्तसम्म कायम रह्यो।

जितसँगै २ खेलमा बायर्नको ६ अंक भएको छ । लगातार दोस्रो हार बेहोरेको बोका जुनियर्स प्रतियोगिताबाट बाहिरिएको छ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय