
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको बनेपा नगरपालिका ७ मा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भयो।
- मृत्यु हुनेमा तेमाल गाउँपालिका १ का ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
- ठक्कर दिने गाडी र स्कुटर नियन्त्रणमा लिइएको र फरार चालकको खोजी भइरहेको छ।
७ असार, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका ७ मा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेकै तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा ७ मा डेरा गरि बस्ने बर्ष ४५ को ज्ञानध्वज तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार, पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र ०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइृते भएको र उपचारको लागि शिरमेमोरियलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वातीले जानकारी दिए ।
ठक्कर दिने गाडी र स्कुटर इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । गाडीको चालक धनुषा जिल्ला जनकपुर उपमाहानगरपालिका १३ बस्ने अन्दाजी वर्ष ३५ को अजय यादव फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4