+

पाँच जना विजयी चेसका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरे

२०८२ असार  ७ गते २०:४९ २०८२ असार ७ गते २०:४९
पाँच जना विजयी चेसका विद्यार्थीले छात्रवृत्ति प्राप्त गरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडामा हेटौंडा चेस क्लबद्वारा विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता सम्पन्न भयो।
  • सिद्धार्थ शिशु सदनका कृतार्थ ढोडारीले ७ अंक ल्याएर प्रथम स्थान प्राप्त गरे।
  • प्रतियोगितामा ६६ जना विद्यार्थीहरूले भाग लिएर कूल २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पुरस्कार पाए।

७ असार, हेटौंडा । हेटौंडा चेस क्लबद्वारा आयोजना गरिएको विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल प्रतियोगितामा पाँचजना विद्यार्थीहरूले विभिन्न छात्रवृत्तिका पुरस्कार प्राप्त गरेका छन्।

मकवानपुर मल्टिपल क्याम्पस हेटौंडामा दुई दिन सम्पन्न ८ चरणको खेलबाट सिद्धार्थ शिशु सदनका विद्यार्थी कृतार्थ ढोडारी ७ अंक प्राप्त गर्दै पहिलो स्थान हात पार्न सफल भएका छन्।

कृतार्थले अन्तिम चरणको खेलमा नवोदय शिशु सदन विद्यालयका नाइस लामालाई पराजित गर्दै डाइरेक्ट इन्काउन्टर विधि मार्फत द्वितीय स्थानमा रहन बाध्य बनाएका थिए। कृतार्थले पहिलो स्थान प्राप्त गर्दै १ वर्षको पूर्ण छात्रवृद्धि पुरस्कार प्राप्त गर्न सक्षम भएका छन्।

नवोदय शिशु सदन विद्यालयका नाइस लामा समान ७ अंक जोडेर द्वितीय स्थानमा रहँदै ६ महिनाको छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन्

प्रतिस्पर्धामा एकल ६.५ अंक बनाउँदै नवोदय शिशु सदन विद्यालयका सरल मैनाली तेस्रो स्थानमा रहदै ३ महिनाको छात्रवृत्ति पुरस्कार प्राप्त गरेका छन्।

यस्तै ज्ञान दीप शिक्षा निकै तन्का विषम कोइरालाले ६ अंक प्रोग्रेसिभ ३० प्वाइन्टका आधारमा चौथो स्थानमा रहँदै एक महिनाको छात्रवृत्ति पुरस्कार हात पार्न सफल भएका छन्।

यसैगरी नवोदय शिशु सदन विद्यालयका श्रीस कर्मचारीले ६ अंक प्रोग्रेसिभ २५ प्वाइन्टका आधारमा पाँचौं स्थान हासिल गर्दै एक महिने छात्रवृत्ति पुरस्कार पाउन सफल भए।

दुई दिन चलेको सेमी क्लासिकल खेलमा ६६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो भने विजयी खेलाडीहरूलाई कूल २ लाख नगद बराबरको छात्रवृत्ति पुरस्कार वितरण गरिएको हो।

आगामी वर्ष थप छात्रवृत्ति पुरस्कार सहित दोस्रो संस्करणको खेल आयोजना गर्ने जानकारी गराइएको छ।

विद्यालय स्तरीय छात्रवृत्ति बुद्धिचाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय