+

इन्जुरी समयको गोलमा इन्टरको संघर्षपूर्ण पुनरागमन जित

२०८२ असार  ८ गते ८:१४ २०८२ असार ८ गते ८:१४
इन्जुरी समयको गोलमा इन्टरको संघर्षपूर्ण पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकपमा इन्टर मिलानले उरावा रेड डायमण्ड्सलाई २–१ ले पराजित गरेको छ ।
  • इन्जुरी टाइममा भ्यालेन्टिन कार्बोनीले गरेको गोलमा इन्टरले पुनरागमन जित निकालेको हो ।
  • उरावाले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि जोगाउन सकेन ।

८ असार, काठमाडौं । फिफा क्लब विश्वकपमा इन्टर मिलानले संघर्षपूर्ण पुनरागमन जित निकालेको छ । समूह इ अन्तर्गत शनिवार राति भएको खेलमा एक गोलले पछि परेको स्थिली उल्टाउँदै इन्टरले जापानी क्लब उरावा रेड डायमण्ड्सलाई २–१ ले हराएको हो ।

उरावाका लागि ११औं मिनेटमा र्योमा वाटनाबेले टाकुरो कानेकोको पासमा गोल गर्दै सुरुवातमा नै अग्रता दिलाएका थिए । त्यसपछि इन्टरले गोल फर्काउन दोस्रो हाफको पनि लामो समयसम्म कुर्नुपरेको थियो ।

७८औं मिनेटमा इन्टरका लागि कप्तान लाउटारो मार्टिनेजले निकोलो बारेलाको कर्नर पासमा शानदार भली गोल गर्दै बराबरी ल्याए । त्यसपछि इन्जुरी टाइमको दोस्रो मिनेटमा भ्यालेन्टिन कार्बोनीले फ्रान्चेस्को एस्पोसिटोको रिबाउन्डमा गोल गर्दै इन्टरलाई नाटकीय जित दिलाए ।

यस जितपछि इन्टरले २ खेलबाट ४ अंक जोडेको छ । लगातार दुई हारपछि उरावा अंकविहीन रहँदै पुछारमा छ ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय