+
+
Shares

गण्डकीका सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद रेशम बहादुर जुग्जालीले गण्डकी प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्याते।
  • उनीहरूले बजेट पूर्वाग्रही भएको आरोप लगाउँदै वर्तमान बजेटबाट देवीदेवताले खुसी भएको टिप्पणी गरे।
  • उनीहरूले अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई म्याग्दीदेखि दारखोलासम्म घुमाउने भन्दै बजेटमाथि प्रश्न उठाए।

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् ।

पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् ।

अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरे ।

अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि पनि प्रश्न गरे ।

उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?