+
+
Shares

आईटी छुट्टै क्षेत्र होइन, यसलाई सबैसँग जोडेर हेर्ने बेला आएको छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १५:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस महामन्त्री गगन थापाले सूचना प्रविधिलाई सम्पूर्ण क्षेत्रसँग जोड्न आवश्यक भएको बताए।
  • उनले प्रविधिले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार ल्याउन सक्ने बताए।
  • उनले सबै क्षेत्रलाई छुट्टै होइन, एकै ठाउँमा राखेर छलफल गर्नुपर्ने सुझाव दिए।

९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले एउटा क्षेत्रको रुपमा मात्र नहेरी अब आईटीलाई सम्पूर्ण क्षेत्रसँग जोडेर हेर्ने बेला आएको बताएका हुन् ।

‘नेपालमा हामी छुट्टै कृषिको कुरा गरिरहेका हुन्छौँ । स्वास्थ्य, शिक्षाको छुट्टाछुट्टै कुरा गरिरहेका छौँ । मानौँ, त्यो चाहिँ छुट्टै संसार हो,’ थापाले भने, ‘अनि आईटीमा काम गरिरहेकाको चाहिँ अर्को छुट्टै संसार भन्ने ठान्छौँ । त्यो हैन । आईटी भनेको त कृषि, स्वास्थ्य, शिक्षामा कसरी प्रविधि लाने भन्ने विषय हो ।’

जस्तो, ‘शिक्षा क्षेत्रमा गणित र विज्ञानमा ठूलो समस्या छ भनेपछि सायद प्रविधिले त्यसलाई सहज बनाउन सक्छ कि ? यसबीचको खाडल भर्न सक्छ कि ? हाम्रो स्वास्थ्यमा जनशक्तिको एकदम ठूलो समस्या छ भनेपछि त्यहाँ प्रविधि प्रयोग गर्न सक्छौँ कि ? भनेर सोच्ने बेला आएको’ थापाले बताए ।

‘सेक्टर छुट्टाएर हैन, यी सबैलाई एकैठाउँ राखेर काम गर्नुपर्छ । छलफल गर्नुपर्छ,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?