+

उमा कुङफु खेलाडी कमल अमेरिकामा नगदसहित सम्मानित

२०८२ असार  ९ गते १६:२० २०८२ असार ९ गते १६:२०
उमा कुङफु खेलाडी कमल अमेरिकामा नगदसहित सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमल मगरलाई अमेरिकामा नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।
  • उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपालको गौरव बढाउनुभएको छ।
  • कमलले विभिन्न प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको र निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ।

९ असार, काठमाडौं । उमा कुङफु खेलाडी कमल मगर अमेरिकामा नगद सम्मानित भएका छन् । नेपालमा उमा कुङफु खेलको विकास र विस्तारमा योगदान पुर्‍याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो ।

कमललाई अमेरिकामा रहेका वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री, सिद्धार्थ लामालगायतले २ लाख ७४ हजार नगदसहित सम्मान गरेका हुन् । त्यसमा क्षेत्रीले १ लाख २ हजार ७ सय ५० र लामाले ६८ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।

न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लब, युएसएमा आयोजित कार्यक्रममा कमललाई प्रशंसा पत्रसहित नगद प्रदान गरिएको थियो । त्यसै अवसरमा न्युयोर्क स्टेट एसेम्बलीका सदस्य माननीय स्टेवन वी. रागाले कमललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरी सम्मान गरे । त्यस्तै, न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरिएको ‘हिमालयन स्ट्रिट फेयर–हाम्रो मेला’ कार्यक्रममा क्विन्स बरो अध्यक्ष माननीय डोनेभान रिचार्डले कमललाई ‘साइटेसन अफ अनर’ बाट सम्मान गरे ।

सम्मानित भएपछि कमलले च्याम्पियन मार्सल आटर््स क्लबप्रति आभार व्यक्त गर्दै यस्तो सम्मानले खेलाडीलाई आफ्नो खेल जीवन अगाडि बढाउन प्रेरणा दिने बताउदै भविष्यमा पनि नेपाली खेलाडीलाई सहयोग गर्न आग्रह गरे । उनले क्लबका अध्यक्ष ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

सम्मान कार्यक्रममा च्याम्पियन मार्सल आटर््स क्लबका अध्यक्ष लामाले इमानदार, उत्तरदायी र सहयोगी खेलाडीका रूपमा परिचित कमलको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गौरवान्वित तुल्याएको बताए । उनले कमलको प्रेरणादायी यात्रा भविष्यका पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।

सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १० निवासी चौथो डान कमल प्रशिक्षक र निर्णायकको भूमिकामा पनि उत्तिकै सक्रिय रहेको नेपाल उमा कुङफु संघका उपाध्यक्ष सिद्धार्थ लामाले बताए ।

कमलले इन्टरनेसनल ब्याटल अफ डेटोना, अमेरिका, युरोपियन च्याम्पियनसिप, बेलायत, डब्लुएमएसी प्यान्डेमिक गेम्स, अष्ट्रिया, १३ औं वल्र्ड मार्सल आर्ट्स गेम्स, क्रोएसिया, १२ औं डब्लुएमए वल्र्ड च्याम्पियनसिप, बेलायत र ७ औं वल्र्ड कुङफु च्याम्पियनसिप, थाइल्यान्डमा स्वर्ण स्वर्ण जितेका छन् ।

उनले निर्णायकको रूपमा कमलले विभिन्न राष्ट्रिय उमा कुङफु च्याम्पियनसिप, उमा वल्र्ड च्याम्पियनसिप ग्रीस, १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिप, भारत, केम्पो खुकुरी च्याम्पियनसिपलगायत विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

कमलले चीनको बेइजिङ साओलिन उसु स्कुलमा एक महिनाको विशेष प्रशिक्षण लिएर सियाङसिङवान, ब्रॉडस्वर्ड, डबल सेक्सन स्टाफ, नाइन सेक्सन ह्विप, कुङ फु फ्यान, कुडजेल, छिगोङ जस्ता विधामा दक्षता हासिल गरेका छन् । कमल नेपाल उमा कुङफु संघका महासचिव पनि हुन् ।

कमल मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय