+
+
Shares

आलमलाई सफाइ दिने न्यायाधीशहरू विरुद्ध थप उजुरी

जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू विरुद्ध न्यायपरिषद्‍मा उजुरी परेको छ।
  • शैलेन्द्र शाहले बदनियतपूर्वक फैसला भएको भन्दै न्यायाधीशहरूलाई कारबाही हुनुपर्ने माग गरेका छन्।
  • आरोपितहरूलाई उन्मुक्ति दिने उद्देश्यबाट घटना नभएको ठहर गरी मुद्दाको फैसला भएको भन्दै उनले छानबिनको माग गरे।

९ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको छ ।

जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।

आरोपितहरूलाई उन्मुक्ति दिने मनसाय र उद्देश्यबाट घटना नै नभएको ठहर गरी मुद्दाको फैसला भएको भन्दै उनले मुद्दाको सुनुवाइका क्रममा भएको क्रियाकलापले समेत प्रश्न उठेको बताएका छन् ।

डा. खुसीप्रसाद थारूको इजलासमा मुद्दा नपरुञ्जेल सुनुवाइ नै नभएको, दोस्रो नम्बरको मुद्दाले प्राथमिकता पाएको, करिब ४ घण्टाको सुनुवाइपछि मुद्दाको फैसला भएको भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले रौतहटको गौरमा आयोजित कार्यक्रममा ‘आलमलाई जसरी पनि निकाल्छु’ भनी अभिव्यक्ति दिएको र त्यसै अनुसार मुद्दाको फैसला भएकोमा प्रश्न उठाएका हुन् ।

उनले कानुनमन्त्री अजयकुमार चौरसिया र मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा. थारू र महर्जन बीचको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग गरेका छन् । न्यायाधीशहरू डा. थारू र महर्जनमाथि समेत अनुसन्धान गर्न उनले माग गरेका हुन् ।

उजुरी दिने साह घटनाको प्रत्यक्षीदर्शीमध्ये एक हुन् । उनी जिल्ला अदालतमा चलेको मुद्दामा सरकारी पक्षबाट साक्षी भई बकपत्र समेत गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी एमालेबाट उम्मेदवार एवं आलमका प्रतिस्पर्धी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?