+
+
Shares

भिजिट भिसा प्रकरणमा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गरेको छ ।
  • ९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा समिति बनाएको हो।
  • समितिलाई ३० दिनको समय दिइएको छ।

९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध भइरहेको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाएको थियो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।

नेकपा एमालेसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो भने राप्रपा र रास्वपाले अवरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?