+
+
Shares

युद्धविराम प्रस्ताव स्वीकार्दै नेतान्याहुले भने- इरानविरुद्ध इजरायलले सबै लक्ष्य हासिल गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १२:४५

१० असारकाठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै देशले चाहेभन्दा धेरै लक्ष्य हासिल गरेको प्रतिक्रिया दिएका छन् ।

इजरायलको मन्त्रिपरिषदको बैठक गरी ‘अपरेशन राइजिङ लायन’ को सबै लक्ष्यहरू मात्र होइनत्यसभन्दा धेरै उपलब्धि हासिल भएको जानकारी नेतान्याहुले दिएका छन्।

नेतान्याहुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले आणविक र ब्यालिस्टिक मिसाइल क्षेत्रद्वारा प्रस्तुत गरिएका दुईवटा तत्काल अस्तित्वगत खतरा हटाएको छ।

इजरायली सेनाले तेहरानको आकाशमाथि पूर्ण हवाई नियन्त्रण कायम गरेकोइरानको सैन्य नेतृत्वमा गम्भीर क्षति पुर्‍याएको र केन्द्र सरकारका दर्जनौं प्रमुख संरचनाहरू ध्वस्त पारेको दाबी गरेको छ।

अपरेशनका लक्ष्यहरू हासिल भएको पृष्ठभूमिमाराष्ट्रपति ट्रम्पसँग पूर्ण समन्वयमा इजरायलले द्विपक्षीय युद्धविराम प्रस्ताव स्वीकार गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

इजरायली सरकारले चेतावनी दिंदै भनेको छ, ‘युद्धविरामको कुनै पनि उल्लंघन भएमा इजरायलले कठोर जवाफ दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?