+
+
Shares

विराटनगरको बजेट ४ अर्ब ४० लाख, आन्तरिक आम्दानीको लक्ष्य हावादारी

हरि अधिकारी हरि अधिकारी
२०८२ असार १० गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर महानगरपालिकाले २०८२–८३ का लागि ४ अर्ब ४० लाख बजेट प्रस्तुत गर्यो।
  • बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास र विपद व्यवस्थापनका लागि रकम विनियोजन गरिएको छ।

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

पूर्वाधार विकासतर्फ महानगरले १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरेको छ । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको बाँकी भुक्तानीका लागि ८ करोड, भौतिक पुर्वाधारको समपुरक योजनाका लागि ६ करोड २० लाख र वहुवर्षीय तथा दायित्व सरेर आएका आयोजनाको भुक्तानीका लागि ७० सत्तरी करोड खर्च हुने अनुमान छ । वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख बजेट विनियोजन भएको छ ।

सामाजिक विकास तर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रमका लागि ९१ लाख बजेट विनियोजन भएको छ ।

संघसंस्था अनुदानका लागि ५ करोड ५ लाख छुट्याएको महानगरले सामाजिक विकास तर्फ जम्मा १ अर्ब ८९ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।

कृषि क्षेत्रका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारीका लागि २४ लाख, उधमशिलता विकासका लागि ४७ लाख, उपभोक्ता हित संरक्षणका लागि १० लाख, पर्यटन प्रवर्द्धनका लागि २५ लाख गरी आर्थिक विकासतर्फ महानगरले २ करोड ९६ लाख २५ हजार विनियोजन गरेको छ ।

विपद व्यवस्थापनतर्फ १ करोड २० लाख, वन, वातावरण तथा जैविक विविधतातर्फ ३० लाख र सरसफाई कार्यक्रमतर्फ १ करोड ६० लाख गरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख विनियोजन गरेको छ । सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

आन्तरिक आम्दानीको लक्ष्य हावादारी

खर्च व्योहोर्ने स्रोतको रुपमा महानगरपालिकाले संघीय सरकार वित्तीय समानीकरण अनुदान तर्फ ३४ करोड ३४ लाख प्राप्त हुने अनुमान गरेको छ ।

प्रदेश सरकार वित्तिय समानीकरण अनुदान तर्फ ३ करोड ६२ लाख ३० हजार, राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड र सवारी साधन कर तर्फ ३ करोड ८ लाख, घरजग्गा रजिष्ट्रेसन तर्फ ९४ करोड६० लाख ३ हजार आम्दानी हुने अनुमान छ ।

आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड आम्दानी हुने अनुमान छ । महानगरको आन्तरिक आम्दानीको अनुमानित लक्ष्य हावादारी छ । चालु आर्थिक वर्षका लागि महानगरले आन्तरिक राजश्वतर्फ १ अर्ब १० करोड ७९ लाख १० हजार अनुमान गरेको थियो ।

जसमध्ये जेठ मसान्तसम्म जम्मा ४३ करोड ८५ लाख ४३ हजार ५ सय ३८ रुपैयाँ मात्रै आम्दानी भएको छ । आर्थिक वर्ष सकिन तीन साता बाँकी रहेका कारण महानगरको लक्ष्यको आधा आन्तरिक आम्दानी हुने अनुमान छ ।
गत आर्थिक वर्ष महानगरले जम्मा ६१ करोड आन्तरिकआम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको अनुमानको आधा राजस्व उठाउन समस्या परेको अवस्थामा महानगरले आगामी वर्ष आन्तरिक राजस्व आम्दानीको अनुमान १ अर्ब ४० करोड पुर्‍याएको छ । जुन लक्ष्य पुग्न नसक्ने महानगर स्रोत बताउँछ ।

महानगरले संघीय सरकारको सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र नगद मौज्दात १४ करोड गरी अनुमानित खर्चको स्रोत व्योहार्ने अनुमान छ ।

चालु आर्थिक वर्ष २०८१ र ०८२का लागि ३ अर्ब ५० करोड ३० लाख ८६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको थियो । जसमध्ये २०८२ जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड ३५ लाख २३ हजार २ सय ७ रुपैयाँ अर्थात ६५ प्रतिशत आम्दानी भएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?