News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी फुटबल प्रतियोगितामा न्युजिल्याण्ड र अर्जेन्टिनाको खेल १-१ को बराबरीमा सकियो।
- क्रिस्टियन ग्रेले गोल गरे, जसले अकल्यान्ड सिटीलाई ऐतिहासिक क्षण दिलायो।
- अकल्यान्ड सिटीका टोली सदस्यहरू स्वयं खर्चमा यात्रा गरी खेलमा भागिएका थिए।
१० असार, काठमाडौं । अमेरिकामा जारी फिफा विश्वकप फुटबलमा बुधबार विहान न्युजिल्याण्डको अकल्याण्ड सिटी र अर्जेन्टिनाको बोका जुनियर्स क्लबबीचको खेल १-१ को बराबरीमा सकियो ।
उक्त खेलमा १-० ले पछि परेको अवस्थाबाट अकल्याण्डले बराबरी गोल गरेको थियो । गोल गर्ने खेलाडी थिए क्रिस्टियन ग्रे, जो स्कुलमा पढाउने शिक्षक हुन् ।
न्युजिल्याण्डको एक स्कुलमा शारीरिक शिक्षा पढाउने शिक्षक ग्रेले क्लब विश्वकप अन्तर्गत अर्जेन्टिनी पावरहाउस बोका जुनियर्सविरुद्ध गोल गर्दै आफ्नो टोली अकल्यान्ड सिटीका लागि ऐतिहासिक क्षण सिर्जना गरेका हुन्।
मंगलबार भएको खेलमा ग्रेले गरेको गोल प्रतियोगितामा अकल्याण्डले गरेको एकमात्र गोल हो । प्रतियोगिताबाट बाहिरिएको भएपनि उक्त गोल अकल्यान्ड सिटीका लागि सबैभन्दा चम्किलो पल बन्यो।
यसअघि जर्मन क्लब बायर्न म्युनिखसँग १०-० को हार र पोर्चुगलको बेन्फिकासँग ६-० को हार बेहोरेको टोलीका लागि यो बराबरीले केही सान्त्वना दिएको छ।
२८ वर्षीय ग्रेले भने, ‘म सानो शहरबाट आएको मानिस हुँ, यहाँको वातावरणभन्दा धेरै फरक। यो सपना जस्तै लाग्छ।’
अकल्यान्ड सिटीको टोली शिक्षक, डेलिभरी चालक र प्राविधिक कामदारहरू सम्मिलित भएर बनेको छ, जसले आफ्नो व्यक्तिगत खर्चमा यात्रा गर्दै क्लबको प्रतिनिधित्व गरेका छन्। उनीहरू पेशेवर फुटबलर नभएर दिनको जागिरसँगै फुटबलमा समय दिएका छन्।
समूह चरणको अन्त्यमा अकल्यान्ड सिटीले केवल १ अंक जोड्न सकेको थियो। तर प्रशिक्षक पल पोसाले त्यो एक अंकको अर्थ ठूलो भएको बताए । ‘हामी जुन परिस्थिति र चुनौतीहरूसँग जुध्दै आएको छौं, त्यो बयान गर्न पनि गाह्रो छ। हाम्रो क्लब सानो हो, तर ठूलो मन भएको छ। आजको नतिजाले सबैको मिहिनेतलाई न्याय दिएको छ’ उनले भने ।
ग्रेका लागि यो प्रतियोगिता विगत चार वर्षको तयारीको अन्तिम उपहार जस्तो भयो। ‘यो यात्रा कठिन थियो। धेरै निराशाजनक नतिजा भोग्यौं। तर आजको नतिजा हाम्रो टोलीका लागि खुसीको क्षण हो। हामीले यो पाउनैपर्थ्यो’ उनले थपे ।
अब ग्रे अन्तर्राष्ट्रिय फुटबलको जगतबाट फेरी आफ्नै विद्यालय फर्कनुपर्नेछ, जहाँ उनलाई छुट्टीभरि थन्किएका विद्यार्थीका असाइनमेन्ट जाँच्ने जिम्मेवारीले पर्खिरहेको छ । जुन सायद विश्व फुटबलकै सबैभन्दा असाधारण ‘साधारण’ रूपान्तरण हुन सक्छ।
-रोएटर्सबाट
प्रतिक्रिया 4