+

लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो रिटेन गरिएका खेलाडी

२०८२ असार  ११ गते १५:१० २०८२ असार ११ गते १५:१०
लुम्बिनी लायन्सले सार्वजनिक गर्‍यो रिटेन गरिएका खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले एनपीएल दोस्रो सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ।
  • स्रोतले बताए, रिटेन खेलाडीमा कप्तान रोहित पौडेलसहित पाँच जना नेपाली खेलाडी छन्।
  • जुलाईमा मिनी अक्सन आयोजना हुनेछ।

११ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले रिटेन गरेका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित लुम्बिनीले ६ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।

रिटेन गरिएका खेलाडीहरूमा रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी छन् ।

एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्।

एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन पनि गर्ने तयारी छ ।

रोहित पौडेल लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय