News Summary
Generated by OK AI. Editorially reviewed.- जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरे।
- डर्टमुन्डले उल्सान एचडीमाथि १-० को जित हासिल गरी नकआउट चरणमा पुगेको हो।
- फ्लुमिनेन्सले मामेलोडी सनडाउन्ससँग गोलरहित बराबरी खेलेर अन्तिम १६ मा प्रवेश गर्यो।
१२ असार, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
गएराति भएको समूह एफको खेलमा डर्टमुन्डले उल्सान एचडीमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो भने फ्लुमिनेसले मामिलोडी सनडाउन्ससँग गोलरहित बराबरी खेले ।
समूह एफको शीर्ष स्थानमा रहँदै डर्टमुन्ड नकआउट चरणमा पुगेको हो। खेलको पहिलो हाफमै डानियल स्वेन्सनले निर्णायक गोल गरेका थिए। खेलमा डर्टमन्डले राम्रो पकड जमाए पनि उल्सानका गोलकिपर जो ह्योन–उको उत्कृष्ट प्रदर्शनले थप गोल हुन दिएन।
अर्को खेलमा फ्लुमिनेन्सले दक्षिण अफ्रिकी क्लब मामेलोडीसँग गोलरहित बराबरी खेलेपनि अघिल्लो चरणमा पुग्न पर्याप्त रह्यो ।
यो जितसँगै ब्राजिलबाट फ्लामेङ्गो, पाल्मेइरास, बोटाफोगो र फ्लुमिनेन्से गरी चार टोली अन्तिम १६ मा प्रवेश गरेका छन्।
प्रतिक्रिया 4