
Photo Credit : फाइल फोटो ।
News Summary
Generated by OK AI. Editorially reviewed.- आजपा अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई फजुल खर्चबाहेक केही नभएको टिप्पणी गरे।
- साहले प्रधानमन्त्रीको भ्रमणलाई अर्थहीन र आवश्यक नभएको बताए र गत वर्षको विदेश भ्रमणलाई पनि आलोचना गरे।
- प्रधानमन्त्री ओली चार दिने स्पेन भ्रमणका लागि १६ असारमा प्रस्थान गर्ने तयारीमा छन्।
१२ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक केही नभएको टिप्पणी गरेका छन् ।
वीरगञ्जमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री साहले प्रधानमन्त्री अर्थहीन भ्रमणका लागि स्पेन जान लागेको बताएका हुन् ।
‘युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू लावालस्कर सहित विदेश जानुको कुनै अर्थ छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढीपहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ ।’
प्रधानमन्त्री ओली चार दिने स्पेन भ्रमणका लागि १६ असारमा प्रस्थान गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4