+
+
Shares

एलिना र समीक्षाको ‘डिजिटल प्रतिरोध’को समर्थनमा दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक संजालमा 'घृणाजन्य अभिव्यक्ति' विरुद्ध कलाकार एलिना चौहान र समीक्षा अधिकारीले प्रतिवाद गरिरहेका छन्।
  • अभिनेता दीपकराज गिरीले सामाजिक संजालमा हेट स्पिच दिनेलाई उदांगो पार्ने अभियानलाई प्रशंसनीय भने।
  • उनीहरूले व्यक्तिगत जीवन र सामाजिक संजालमा भइरहेको गालीगलौजको विषयमा टिप्पणी गरेका छन्।}

काठमाडौं । अहिले सामाजिक संजालमा आउने ‘घृणाजन्य अभिव्यक्ति’विरुद्ध कलाकार एलिना चौहान र समीक्षा अधिकारीले प्रतिवाद गरिरहेका छन् । ‘हेट स्पिच’दिनेको आइडी सार्वजनिक गरिरहेका छन् ।

अमर्यादित लाञ्छना र यौनजन्य टिप्पणी गर्नेको फोटो र लिंकलाई सार्वजनिक गर्दैै उनीहरू सामाजिक संजालको टाइमलाइनमै प्रतिवादको नयाँ शैली पछ्याइरहेका छन् ।

‘डिजिटल प्रतिरोध’को यो शैलीलाई अन्य सेलिब्रेटी र सर्वसाधारणले समर्थन गरिरहेका छन् । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले सामाजिक संजालमा ‘हेट स्पिच’ दिनेको हर्कत उदांगो पार्ने एलिना र समीक्षाको अभियानलाई प्रशंनीय भएको बताएका छन् ।

‘यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदांगो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ । दुवैजनालाई शुभकामना !’

एउटै पेशामा भएका प्रतिस्पर्धीकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भैरहेको बताउँदै नेतालाई गाली गरेमा तुरुन्तै समातेर कार्वाही गरिहाल्ने तर, सर्वसाधारणलाई हुने गाली गलौजको रिपोर्ट भएपनि कसले सुन्ने भन्दै उनले प्रश्न गरेका छन् ।

जसको पनि व्यक्तिगत जीवन तलमाथि हुने बताउँदै दीपकले कमजोरीसहितको मान्छे सबै हुने टिप्पणी गरेका छन् । ‘आफूले समाजको लागि, परिवारको लागि, राष्ट्रको लागि दुई कौडीको काम नगर्ने, तर जो काम गर्नेहरू छन्, तिनीहरूलाई नैतिकता सिकाउने, गालीगलौच गर्ने, तँ यस्तो, तँ उस्तो भनेर अभद्रता देखाउने, चरित्रमाथि औला उठाउने ! यस्तै चलिआएको छ’ उनले लेखेका छन् ।

आफूलाई एलिना र समीक्षा दुवै मनपर्ने गायिका भएको दीपकले बताएका छन् । ‘तीमध्ये समीक्षाको त म गायकीको मात्र होइन, सुरुदेखि नै उनको साहसको प्रशंसक पनि हुँ’ उनले लेखेका छन् ।

‘सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्‍यो, त्यो ठाउँमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् । त्यसकै फलस्वरुप आज यहाँ आइपुगिन्’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?