+
+
Shares

निजी विद्यालय सञ्चालन र व्यवस्थापनबारे समितिमा जुट्यो सहमति

सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहमति अनुसार निजी विद्यालयलाई सेवामूलक र गैर नाफामूलक बनाउने निर्णय भयो।
  • बिहीबारको समिति बैठकमा निजी विद्यालय सञ्चालनबारे सांसदहरूबीच दुई धारमा विभाजित भएका थिए ।
  • कांग्रेस र एमाले सांसदहरूले निजी विद्यालयलाई कम्पनी वा गुठीमा राख्नुपर्ने सुझाव दिएका थिए।

१३ असार, काठमाडौं । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो ।

सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको समितिका एक सदस्यले जानकारी दिए ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा बिहीबार निजी विद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा समितिमा दुई धार देखिएको थियो ।

बिहीबारको समिति बैठकमा समितिमा कांग्रेस र एमालेका सांसदले निजी विद्यालयलाई कम्पनीमा रहन अथवा गुठीमा जान दुवै सुविधा दिनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?