+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सिरहामा पुरुषको शव भेटियो, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १०:०२

१४ असार, जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ ।

सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा  स्थानीय रामसेवक महराका छोरा ४३ वर्षीय अजय महरा घाँटीमा गम्छा बेरिएर लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

आज बिहान आफ्नो घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुख तल शव फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

डीएसपी पासवानका अनुसार मृतकको घाँटीमा गम्छा बेरिएको छ । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएजस्तो देखिने र अनुसन्धान सुरु गरिएको प्रहरीको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?