+
+
Shares

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने सहमति भएको छ।
  • शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले यसबारे सहमति जुटाएको हो।
  • समितिले उक्त विधेयक पारित गरी अब प्रतिनिधिसभामा पठाउने निर्णय गरेको छ।

१४ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ ।

शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।

सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।

जसका लागि प्रदेशले बोर्डसँग समन्वय गर्नेगरी समितिले विधेयकमा प्रस्ताव अघि बढाउने भएको हो ।

मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको थिएन । उपसमितिले पनि एसईई नराख्ने सहमति थियो ।

यद्यपि प्रदेशबाटै एसईई सञ्चालन हुनेगरी शनिबार समितिले पारित गरेको हो ।

समितिले उक्त विधेयक पारित गरेर अब प्रतिनिधिसभामा पठाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?