१५ असार, काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति प्रारम्भिक सूचीमा परेका छन् ।
२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा १५ वटालाई प्रारम्भिक सूचीमा राखिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
ती १५ मध्येबाट ५ वटा कृतिलाई आगामी महिना उत्कृष्ट संक्षिप्त सूचीमा समेट्ने प्रतिष्ठानले जनाएको छ ।
१५ वटा विस्तारित सूचीमा शैलेन्द्र अधिकारीको उपन्यास अर्हत, छुदेन काविमोको आख्यान उरमाल, रमेश क्षितिजको कथा संग्रह एउटा माथि नगरमा, रमेश भुसालको गैह्र आख्यान छालबाटो, भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा छन् ।
यसैगरी पंचम अधिकारीको आख्यान प्रवासीको देश हुन्न, दिनेश अधिकारीको कविता पानीको परेड, श्रेयज सुवेदीको कथासंग्रह बहुरुपी, टंक चौलागाईको उपन्यास रुदाने र सरस्वती प्रतीक्षाको उपन्यास स्व पनि १५ पुस्तकको सूचीमा परेका छन् ।
यस्तै हेम प्रभासको कविता साँझमा सेल्फी, डा. श्रीधर खनालको उपन्यास सावर्णि, बसन्त बस्नेतको आख्यान सिमसारा, हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा र तीर्थ गुरुङको उपन्यास हिउँको गीत पनि प्रतिष्ठानले उत्कृष्ट १५ कृतिको सूचीमा समावेश गरेको छ ।
प्रतिक्रिया 4