
News Summary
Generated by OK AI. Editorially reviewed.- माबिलुङ इनर्जीले असार २२ देखि आईपीओ निष्कासन गर्ने घोषणा गरेको छ।
- कम्पनीले वैदेशिक रोजगारमा रहेका र स्थानीयबासीका लागि १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
- आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेकाले आवेदन दिन सक्ने समय र रकम सीमा उल्लेख गरिएको छ।
१५ असार, काठमाडौं । माबिलुङ इनर्जीको आईपीओ असार २२ देखि खुल्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका र स्थानीयबासीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जुन जारी पूँजी ३८ करोड ५८ लाख २५ हजार रुपैयाँको ४८.९९ प्रतिशत हो ।
वैदेशिक रोजगारमा रहेकाहरुका लागि ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयबासी तथा १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका रुपमा संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नबर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २,३,७, ८, ९ मा स्थायी बसोबास गर्ने नेपाली नागरिक पर्दछन् । प्रभावितले छिटोमा साउन ४ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले साउन ४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले माथिल्लो पिलुवाखोला– ३ मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ ।
प्रतिक्रिया 4