+
+
Shares

रामहरिलाई डोलप्रसादको जवाफ : सुमिरे ट्राभल्स मेरो हो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १४:०९
फाइल तस्वीर

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुमिरे टूर एन्ड ट्राभल्स कसको कम्पनी हो भनेर अनावश्यक टिप्पणी भएको गुनासो गरेका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टूर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर विषय उठाएका थिए ।

‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?,’ खतिवडाले भनेका थिए, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’

आइतबार खतिवडालाई जवाफ दिँदै डोलप्रसादले भने, ‘हो म गर्वका साथ भन्छु– सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो ।’

आफू नेपालमै केही गरेर खाने मान्छे रहेको चोरेर खाने मान्छे नरहेको उनले बताए । ‘मेरो समय ठिकै चलेको छ सभामुख महोदय, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं ?,’ अर्यालले छेडखान गरे ।

आफ्नो कम्पनिबाट भिजिट भिसामा गएकाहरू नेपाल नफर्किएको उदाहरण नरहेको पनि उनले बताए ।

आफ्नो कम्पनीले काम गर्दै आएको र गलत नगरेको उनको भनाइ छ । ‘हामीले कस्तो समाज निर्माण गरेछौं र गर्दैर्छौं ? यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिड्नुपर्ने !,’ अर्यालले असन्तुष्टि जनाए ।

आफूहरूले भिजिट भिसाको नाममा भरहेको मानव तस्करीको विषय संसदमा ३२ दिन देखि उठाइरहेको स्मरण गर्दै उनले विषयान्तर गर्नको निम्ति अनावश्यक लान्छना लगाउने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

विषयान्तर गराउने प्रयास अन्तर्गत निराधार आरोप लगाउने कार्य स्वीकार्य हुन नसक्ने अर्यालको चेतावनी छ । राजनीतिलाई पेशा बनाएर वर्षौंदेखि राज्यको दोहन गर्नेहरूले पेशा व्यवसाय गरेर खानेमाथि अनावश्यक आरोप लगाएको भनेर उनले सभामुखले त्यस्ता अभिव्यक्तिउपर ख्याल गर्नुपर्ने माग राखे ।

‘मेरो कम्पनीबाट मात्र एक जना मान्छे भिजिट भिसामा जापान होइन, संसारको कुनै देश गएको छ र हामीले पैसा लिएका छौं र फर्किएका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु,’ अर्यालले भने, ‘होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ । म यसमा सभामुखज्यूबाट रुलिङको माग गर्दछु ।’

भिजिट भिसा प्रकरणमा आफूहरूको आन्दोलन जारी रहने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?