+
+
Shares

सौगात र बेनिशा अभिनित ‘सिटामोल’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘सिटामोल’को टिजर साउन २३ गते सार्वजनिक भयो, जसमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको कथा समेटिएको छ।
  • टिजरमा ‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने हरफ प्रयोग गरिएको छ।
  • फिल्मको निर्देशन राजबहादुर सानेले गरेका हुन् र यसले सम्बन्ध र विवाहका उतारचढाव दर्शाउँछ।

काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरियो ।

‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट टिजर सुरु हुन्छ । टिजरमा शीर्ष कलाकार सौगात मल्ल, बेनिशा हमालको बालापनदेखि सम्बन्ध विवाहमा बदलिएपछि आउने उतारचढावको कथा यसमा छ ।

फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

तुलसीदेवी फिल्म प्रालिले जुनतारा फिल्म्ससँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । पटकथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोलकुमार कार्की र विकास राज जोशी निर्माताको रुपमा छन् ।

अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?