+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जुवातास खेलेको आरोपमा ११ जना टोखाबाट पक्राउ

टोखा नगरपालिका–१० नवज्योति मार्गमा रहेको एक घरबाट ११ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौंको टोखाबाट जुवातास खेल्ने ११ जनालाई पक्राउ गर्‍यो।
  • उनीहरूबाट नगद ५० हजार र ४ बुक तास बरामद भएको छ।
  • उनीहरूविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

१५ असार, काठमाडौं । जुवातास खेलेको आरोपमा ११ जनालाई टोखाबाट प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–१० नवज्योति मार्गमा रहेको एक घरबाट ११ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजञ्जबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीकी बास्मती गुरुङ, गोरखाका कृष्ण सुनार, गोरखाकै खडक अधिकारी, झापाका बिमल अधिकारी, नवाकोटकी लक्ष्मी न्यौपाने, म्याग्दीका शेरबहादुर पुन, म्याग्दीकी तिलकुमारी बुढा, गोरखाका कृष्ण न्यौपाने, रसुवाका गोविन्द बहादुर तामाङ, नुवाकोटका जसबिर तामाङ र गोरखाका शंकर धिताल छन् ।

उनीहरुबाट नगद ५० हजार र ४ बुक तास बरामद भएको छ । पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?