+
+
Shares

अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा नमिल्दा शिक्षा समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १२:३५
फाइल तस्वीर

१६ असार, काठमाडौं । आज बिहानका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।

बिहान ८:३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको छ ।

अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो । प्रतिस्पर्धालाई ६०/४० गर्ने कि ७५/२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो ।

समितिको बैठक बस्नुअघि सोही विषयमा समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरेको थियो ।

एक पटक शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि आजै दिउँसो २ बजे बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?