+
फिफा क्लब विश्वकप :

सिटीलाई अतिरिक्त समयमा हराउँदै अल हिलाल क्‍वाटरफाइनलमा

२०८२ असार  १७ गते ९:४६ २०८२ असार १७ गते ९:४६
सिटीलाई अतिरिक्त समयमा हराउँदै अल हिलाल क्‍वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अल हिलालले फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा सिटीलाई अतिरिक्त समयमा ४-३ गोलअन्तरले पराजित गरी अन्तिम ८ मा प्रवेश गर्यो।
  • खेलमा सुरुवाती अग्रता लिएको सिटीले बराबरीसम्म आएपनि पछि खेल गुमायो र १२२औं मिनेटमा निर्णायक गोल खायो।
  • अल हिलालले अब सेमिफाइनलमा ब्राजिलको फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ।

१७ असार, काठमाडौं । ७ गोलको रोमाञ्चक खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हराउँदै साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार विहान भएको खेलमा अल हिलालले सिटीलाई अतिरिक्त समयमा ४-३ गोलअन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सिटीको यात्रा अन्तिम १६ मै समाप्त भएको छ ।

सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो भने २ पटक बराबरीसम्म आएपनि त्यसपछि अग्रता बनाउन सकेन । खेलको नवौं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४६औं मिनेटमा मार्कस लियोनार्डोले गोल गर्दै हिलाललाई खेलमा फर्काए । त्यसको ६ मिनेटपछि ५२औं मिनेटमा मालकोमले गोल गरेपछि हिलालले खेलमा अग्रता लिएको थियो ।

५५औं मिनेटमा सिटीका लागि एर्लिङ हालान्डले बराबरी गोल गरे । त्यसपछि ९० मिनेट र इन्जुरी समयमा गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

९३औं मिनेटमा कालिदोउ कुलिबाइले गोल गर्दै हिलाललाई फेरि अग्रता दिलाए तर १०४औं मिनेटमा फिल फोडेनले गोल गर्दा खेल फेरि बराबरीमा आयो ।

११२औं मिनेटमा लियोनार्डोले व्यक्तिगत दोस्रो गोल गरे जुन् खेलकै निर्णायक गोल साबित भयो । एसियन टोली अल हिलालले युरोपियन जायन्टलाई हराएर अन्तिम ८ मा स्थान बनायो ।

अल हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलको फ्लुमिनेससँग खेल्नेछ ।

अल हिलाल फिफा क्लब विश्वकप म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय