
News Summary
Generated by OK AI. Editorially reviewed.- यामाहा ग्लोबलले ७०औं वार्षिकोत्सव मनाएको छ, जुन ‘यामाहा डे’ को रूपमा जुलाई १ मा विश्वभर मनाइन्छ।
- नेपालमा यस उत्सवलाई सामाजिक र वातावरणीय उद्देश्यसहित विविध कार्यक्रमहरू आयोजना गरिएका छन्, जसमा रक्तदान र वृक्षारोपण समावेश छन्।
- सीइओ दीपक अग्रवालले यस यात्रालाई विश्वासको जगमा आधारित र प्रगतिको प्रतीक बताउँदै सबैलाई यसमा सहभागी हुन आह्वान गरे।
१७ असार, काठमाडौं । यामाहा ग्लोबलले मंगलबार ७०औं वार्षिकोत्सव मनाएको छ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ।
विश्वभरि यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ ।
यस वर्ष यामाहाले ‘ब्रिजिङ ओल्ड एन्ड न्यु, थ्रु कान्डो एक्सन्स’ भन्ने मूल नारासहित ७०औं वार्षिकोत्सव मनाइरहेको छ । नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको कम्पनीले जनाएको छ । किनकि, यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौंदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको कम्पनीको भनाइ छ ।
यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्य सहित सम्पन्न भइरहेको छ । एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपन प्रतिको प्रतिबद्धता उजागर गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामूलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ । देशभरिका सबै शोरूममा केक काट्ने कार्यक्रमका साथसाथै सडक सुरक्षा तालिम पनि आयोजना गरिने छन् ।
यस अवसरमा यामाहा नेपालले यो ७० वर्षको यात्रा केवल एक उत्सवमात्र नभई, सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनासाथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ ।
‘यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले सञ्चालित विश्वव्यापी भावनाको साहसिक प्रतिविम्ब बनेको छ । नेपालको विविध भूगोल र पुस्ताबीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ,’ यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक अग्रवालले भने, ‘इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुई पाङ्ग्रे सवारीसाधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं । हामी सबै यामाहा प्रयोगकर्ता, शुभचिन्तक, साझेदार र सरोकारवालालाई सँगै मिलेर यो विशेष दिनलाई अझ विशेष बनाउन आह्वान गर्दछौं ।’
प्रतिक्रिया 4