
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजारमा ७ अर्ब ३ करोड रुपैयाँको कारोबार भयो।
- कारोबारमा टप १० ब्रोकर कम्पनीले ३३ प्रतिशत हिस्सा लिएका छन् ।
- हाइड्रोपावर समूहको मात्रै ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो।
१७ असार, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत आज २ अर्ब ३५ करोड रुपैयाँको सेयर बिक्री हुँदा २ अर्ब २८ करोड रुपैयाँको खरिद भयो ।
टप १० ब्रोकर कम्पनीमध्ये पाँच मार्फत खरिद धेरै भएको छ भने पाँचमार्फत बिक्री धेरे भएको छ । नासा, सुमेरु, अनलाइन, त्रिशक्ति र डायनामिकमार्फत खरिद बढी भएको छ भने भिजन, सनी, इम्पेरियल, श्रीहरि र क्यापिटलमार्फत बिक्री धेरै भएको छ ।
टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, बुटवल पावर, युनियन हाइड्रोपावर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, ङादी ग्रुप लगायत छन् ।
आज पनि हाइड्रोपावर समूहको सबैभन्दा धेरै ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भयो । हाइड्रोपावरपछि लगानी समूहको ८१ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
प्रतिक्रिया 4