
१७ असार, गोरखा । चप्पल किन्न भन्दै घरबाट निस्केका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
आरुघाट गाउँपालिका–४ धारस्वाँराका ७१ वर्षीय क्षेत्रबहादुर थापा गुईखोला खहरे दोभान नजिकै मृत अवस्थामा फेला परेका हुन् । चप्पल किन्न भनेर उनी आइतबार साँझ घरबाट निस्केका थिए ।
त्यसयता सम्पर्कविहीन उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आरुघाट आधारभूत अस्पतालमा उनको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4