+
+
Shares

पोखराका स्पा सेन्टरबाट ८ बालिकाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट १८ वर्ष मुनिका ८ बालिकालाई उद्धार गरिएको छ ।
  • जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले उद्धार गरेको हो ।
  • उद्धार गरिएका बालिकाहरुलाई श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको छ ।

१८ असार, पोखरा । पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ ।

इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

स्पा सेन्टरहरुमा १८ वर्ष मुनिका बालिकाहरुलाई काममा लगाइएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट उद्धार टोली खटिएको थियो ।

सो टोलीले असार १६ गते ८ जनालाई उद्धार गरेको जानकारी कास्की प्रहरीले असार १७ गते रातिमात्र जानकारी दिएको हो ।

स्पा सेन्टर सन्चालकलाई कारबाहीका लागि उद्धार गरिएका बालिकाहरुलाई श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?