+
+
Shares

धादिङ क्रेन दुर्घटनामा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ८:३३

१८ असार, काठमाडौं । यही असार ९ गते धादिङमा क्रेन दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा आज बिहान काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा क्रेनमा सवार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने ३३ वर्षीय जयराम तिमिल्सिना छन् ।

उनको आज असार १८ गते बिहान ३:४० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असार ९ गते साँझ करिब ५ बजे धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ६ गोलाङटारमामा बा २ ख ६४९० नम्बरको क्रेन आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो ।

दुर्घटनामा चालकसहित राजु बिडारीसहित चार जना घाइते भएका थिए । मकवानपुरको थाहा नगरपालिका ६ बस्ने चालक बिडारीलाई धादिङबेसी अस्पतालमा उपचारपछि डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अन्य घाइतेहरु पर्साको वीरगञ्ज उपमहानगरपालिका १५ बस्ने १८ वर्षीय रियाज खान र सोही ठाउँका २० वर्षीय ओमराज राम उपचारपछि डिस्चार्ज भइसकेका छन् । उनीहरुको हातखुट्टामा चोट लागेको थियो ।

काठमाडौंका जयराज तिमिल्सिनाको भने टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचार भइरहेको थियो । धादिङबेसीबाट रेफर भई काठमाडौंको धुम्बाराहीस्थित हेम्स अस्पताल हुँदै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?