+

डर्टमुन्डको जितसँगै फिफा क्लब विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

२०८२ असार  १८ गते ८:४६ २०८२ असार १८ गते ८:४६
डर्टमुन्डको जितसँगै फिफा क्लब विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकपको क्वाटरफाइनल समीकरण पूरा भएको हो।
  • बोरुसिया डर्टमुन्डले सिएफ मोन्टेरेलाई २-१ गोलअन्तरले हरायो।
  • क्लब विश्वकपको फाइनल खेल जुलाई १० मा हुनेछ।

१८ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार विहान अन्तिम १६ का खेलहरू सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

विहान भएको खेलमा बोरुसिया डर्टमुन्डले सिएफ मोन्टेरेलाई २-१ गोलअन्तरले हरायो । डर्टमुन्डको जितमा दुवै गोल सरु गुएरासेले गरेका थिए । उनले पहिलो हाफको १४औं र २४औं मिनेटमा गोल गर्दै टोलीलाई २-० ले अघि राखेका थिए ।

दोस्रो हाफको ४८औं मिनेटमा जर्मन बर्तरामले गोल गर्दै मोन्टेरेलाई खेलमा फर्काउने प्रयास गरेपनि पर्याप्त हुन सकेन र डर्टमुन्ड २-१ को जितसहित अन्तिम ८ मा पुगेको हो ।

अब क्वाटरफाइनलमा डर्टमुन्डले रियल मड्रिडसँग खेल्नेछ । त्यस्तै अन्य क्वाटरफाइनलमा बायर्न म्युनिख र पीएसजी, अल हिलाल र फ्लुमिनेस तथा चेल्सी र पाल्मेइरास खेल्ने छन् ।

क्लब विश्वकपको फाइनल खेल जुलाई १० मा हुनेछ ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय