
१८ असार, हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न २२ गते हुम्ला आउने भएका छन् ।
कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला आउने भएका हुन् ।
पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला आउने तय भएको नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पुष्टि गरे ।
प्रधानमन्त्री शर्मा ओेली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल सँगै हुम्ला आउने कार्यक्र तय भएको इन्चार्ज बोगटीले जानकारी दिए ।
बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4