News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आज मलेसियासँग सेमिफाइनल खेल्दैछ र फाइनल प्रवेश गर्नेछ ।
- नेपालले समूह चरणमा भुटानलाई २९८ रनले हराउँदै समूह विजेता बनेको थियो।
- फाइनल शनिबार हुनेछ।
१९ असार, काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ ।
नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।
प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।
त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।
उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।
आजै सोही समयमा हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।
नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।
प्रतिक्रिया 4