+
+
Shares

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १९ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्नेछ, पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरुका लागि २३ हजार १ सय कित्ता निष्कासन हुनेछ।
  • सर्वसाधारणका लागि पछि १ लाख ९५ हजार १९५ कित्ता सेयर निष्कासन हुनेछ ।
  • कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा र आम्दानी ७ रुपैयाँ ३३ पैसा छ, र ३ करोड १६ लाखको सञ्चित नाफामा रहेको छ।

१९ असार, काठमाडौं । स्वस्तिक लघुवित्तको आईपीओ असार २७ देखि खुल्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेकाहरुका लागि कम्पनीले २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर  निष्कासन हुनेछ ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । साउन ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको हो । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?