
News Summary
Generated by OK AI. Editorially reviewed.- व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादन सुरु गरेको छ।
- फार्मले हर्दिनाथ र मकवानपुर जातका धानको बीउ उत्पादन गरी किसानलाई पुर्याउने योजना बनाएको छ।
- गत वर्ष २८ क्वीन्टल धानको मूल बीउ बिक्री भएको र यहाँ च्याउखेती, मेवा, किम्बुका बिरुवा उत्पादन पनि भइरहेको छ।
१९ असार, चितवन । व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो ।
फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो । त्यसका लागि फार्म रहेको जग्गामा बीउ राखिएको छ । उनले भने, ‘दुई हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने गरी काम गरिएको छ।’
बीउ उत्पादनका लागि हर्दिनाथ ६० किलो र मकवानपुर ३० किलो धान ल्याएर ट्रेमा बीउ लगाइएको छ । यहाँ उत्पादित बीउलाई पछि समुह र सहकारीमार्फत किसानकामा पुर्याइने छ ।
दुई हेक्टर जग्गामा करिब ५० क्वीन्टल धानको बीउ उत्पादन हुने गरेको उनले बताए । विगतका वर्षमा सावित्री, मकवानपुर १ र बहुगुणी जाताका धानको बीउ उत्पादन गरी किसानकामा पुर्याइएको उनले बताए । उनले भने, ‘किसानले बीउमा समस्या भोग्नु नपारेस् भनेर धानको बीउ फार्मले उत्पादन गर्दै आएको छ।’
यहाँ उत्पादित धानको मूल बीउको माग बढ्दै गएको उहाँले बताउनुभयो । धानको मूल बीउबाहेक खाद्यान्नमा समेत प्रयोग हुने गरेको छ ।
गतवर्ष यहाँ उत्पादित धानको मूल बीउमध्ये २८ क्वीन्टल बीउको रुपमा बिक्री गरिएको थियो । यस फार्ममा अहिले च्याउखेतीमा प्रविधि प्रदर्शन, मेवाको बिरुवा उत्पादन, किम्बुका बिरुवा उत्पादन तथा बिक्री वितरण लगायतका काम हुँदै आएका छन् ।
प्रतिक्रिया 4