News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लबले साउदी अरेबियाको अल नासरेसँग खेल्नेछ।
- नेपाल समूह बी मा परेको छ, जसमा उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोरलार्स पनि छन्।
- एपीएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्दैछ।
१९ असार, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लबले साउदी अरेबियाको अल नासरसँग खेल्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक चरणमा ड्र अनुसार नेपाल समूह बी मा परेको छ । यो समूहमा एपीएफ र अल नासेरसँगै उज्वेकिस्तानको पीएफसी नासाफ र थाइल्याण्डको कलेज अफ एसियन स्कोरलार्स छन् ।
नेपालको लिग च्याम्पियन एपीएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रारम्भिक चरणका खेलहरू आगामी अगस्टमा हुनेछन् ।
गत वर्ष नेपालले प्रारम्भिक चरणमा उज्वेकिसत्नको नासाफसँगै मलेसियाको सबाहसँग खेलेको थियो । त्यसबेला एपीएफ नासाफसँग १-० ले पराजित भएको थियो ।
प्रारम्भिक चरणमा १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । चार समूहमा चार-चार र एक समूहमा तीन टिम छन् । हरेक समूहको विजेता एएफसी महिला च्याम्पियन्स लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् ।
शीर्ष सात टोली यसअघिले मुख्य चरणमा स्थान बनाइसकेका छन् । जसमा ६ टोलीली टुङ्गो लागिसकेको छ भने युएईबाट खेल्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम चरणमा १२ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइनेछ ।
प्रतिक्रिया 4