+

फुटबलर डियोगो जोटाको निधन

२०८२ असार  १९ गते १४:०६ २०८२ असार १९ गते १४:०६
फुटबलर डियोगो जोटाको निधन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कार दुर्घटनामा परी लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको निधन भएको छ।
  • उनली पोर्चुगलका राष्ट्रिय खेलाडी समेत थिए ।
  • इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए।

१९ असार, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर आएको छ। स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ ।

२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि प्रारम्भिक जानकारीअनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।

कारमा उनी उनका भाइसँगै थिए । दुवैको निधन भएको छ । रिपोर्टअनुसार कार दुर्घटनापछि आगो लागेको थियो । जोटाको केही दिनअघि मात्र विवाह भएको थियो ।

जोटाले गत सिजन लिभरपुलबाट प्रिमियर लिग फुटबलको उपाधि जितेका थिए भने गत महिना पोर्चुगलका लागि यूईएफए नेसन्स लिग फुटबलको पनि उपाधि जितेका थिए ।

फुटबल जगतमा यो खबरले गहिरो शोक छाएको छ।

डिएगो जोटा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय