
News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भए।
- प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
- घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
१९ असार, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार पहिचान नखुलका दुई जना पुरुष उछिटिएर एसआर६९बी५६२२ नम्बरको एलपी ग्यास ट्यांकरको चक्काभित्र परेका थिए ।
घाइते दुवै जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4